वासिङ्टन। एल मस्कले ट्वीटर किनेपछि पहिले नै आशंका गरिएको थियो, अब ट्वीटर प्रयोग फ्रिमा गर्न पाइदैन। विश्वको पहिलो अर्बपछिले यो आशंकालाई प्रमाणित गरेका छन्। उनले हालै ट्वीटर प्रयोगकर्तालाई स्पष्ट सन्देशमार्फत भनेका छन्, कमर्शियल र सरकारी प्रयोगकर्ताले अब केही रकम तिर्नुपर्ने छ। सामान्य प्रयोगकर्ताको हकमा फ्रि हुनेछ। ‘क्याजुअल युजर्सका लागि ट्वीटर सधै फ्रि रहनेछ तर कमर्शियल र सरकारी युजर्सले केही पैसा खर्च गर्नुपर्ने छ,’ मस्कले ट्वीट गर्दै बताएका छन्।
उनले भेरिफाइड ट्वीटलाई इम्बेड वा कोर्ट गर्दा तेस्रो पक्षको वेभसाइटले पनि पैसा खर्च गर्नुपर्ने बताएका छन्। उनले ब्ल्यु टिक प्रिमियर सब्सक्रिप्सन सर्भिसमा पनि केही फेरबदल गर्न सुझाव दिएका छन्।
जसमा प्रयोगकर्ताले पैसा खर्च गर्नुपर्ने उल्लेख छ। अहिले ट्वीटरले प्रिमियम ब्ल्यु सर्भिसका लागि २ दशमलव ९९ डलर लिँदै आएको छ। एलन मस्कले केही समयअघि मात्र ४४ मिलियन डलरमा ट्वीटर खरिद गरेका थिए। अहिले विश्वभरीबाट एक दिनमा ५० करोड ट्वीट हुने गर्छ।
प्रतिक्रिया