रुसको निशानामा युक्रेनको रेल नेटवर्क

काठमाडौं– रुसले युक्रेनको रेल नेटवर्कलाई निशाना बनाएर आक्रमण गर्न थालेको छ। 

रुसको रक्षा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा युक्रेनको रेल सेवाका ६ पावर सबस्टेसनमा आक्रमण भएको हो।पश्चिमी देशहरूले युक्रेनमा हतियार पठाउन यो रेल नेटवर्क प्रयोग गरिरहेको रुसले दाबी गरेको छ।

पूर्वी युक्रेनमा रुसी सेनाको आक्रमण जारी छ। बेलायतको रक्षामन्त्रालयले रुसले पूर्वी डोनबास क्षेत्रको इजुम सहरको क्षेत्रमा दुईवटा सैन्य बटालियन तैनाथ गरेको जनाएको छ। यसैबीच बेलायतले थप आर्थिक प्रतिबन्ध लगाउने तयारी गरेको छ।

प्रतिक्रिया