काठमाडौं– आफ्ना विदेशमन्त्रीको आपत्तिजनक टिप्पणीप्रति रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले माफी मागेको इजरायलका प्रधानमन्त्री नेफ्ताली बेनेटले दाबी गरेका छन्।
बिहीबार रुसी राष्ट्रपति पुटिन र इजरायलका प्रधानमन्त्री बेनेटले फोन वार्ता गरेका थिए। यस क्रममा पुटिनले माफी मागेको उनको दाबी छ। उनले यसका लागि राष्ट्रपति पुटिनलाई धन्यवाद समेत दिएका छन्।
रुसी विदेशमन्त्री सर्गेई लाभ्रोफले इटालियन टेलिभिजन च्यानल रेटे ४ च्यानलसँगको कुराकानीमा नाजी नेता हिटलरको नसामा यहूदीहरूको रगत बगेको टिप्पणी गरेका थिए।
समाचार एजेन्सी रोयटर्सका अनुसार लाभ्रोफले भनेका थिए, ‘यो कस्तो नाजीवाद हो रु उनीहरू भन्छन् यदि हामी यहूदी हौं। मलाई लाग्छ हिटलर पनि यहूदी मूलका थिए भने यो तर्कको कुनै अर्थ छैन।’
लाभ्रोफको टिप्पणीपछि इजरायलले आपत्ति जनाएको थियो। इजरायलका लागि रुसी राजदूतलाई समेत बोलाइएको थियो।
इजरायलका विदेशमन्त्री यायर लापिडले वाईनेट समाचार वेबसाइटसँगको कुराकानीमा भने,‘यो अपमानजनक, अक्षम्य, ऐतिहासिक गल्ती हो। हामी आशा गर्छौं उनीहरूले यसका लागि माफी माग्नेछन्।’
उनले थपे, ‘यहूदीहरूले प्रलयमा आफ्नो ज्यान लिएनन्। यहूदीहरू विरुद्धको जातीय भेदभावको सबैभन्दा खराब स्तर भनेको यहूदीहरूको विरोधको लागि आफूलाई दोष दिनु हो।’
प्रतिक्रिया