काठमाडौं– युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी सेना फेब्रुअरीमा भएको आक्रमणअघिको स्थितिमा फर्कन सक्ने गरी शान्ति सम्झौता स्वीकार गर्ने बताएका छन्।
बीबीसीका फ्रान्क गार्डनरले शान्तिको बदलामा रूसलाई सबैभन्दा कम सहुलियत के होला भनेर सोध्दा जेलेन्स्कीले जवाफ दिए, ‘रुसी सेना २३ फेब्रुअरीमा जहाँ थियो त्यहीँ फर्कियोस्। तर त्यसका लागि कूटनीतिक संवाद आवश्यक छ । र, हामीले हाम्रा सबै कूटनीतिक बाटोहरू बन्द गरेका छैनौं।’
उनले २०१४ मा रूसद्वारा गाभिएको क्राइमियाको बारेमा कुरा गरेनन्। उनको मौनताले रुसी नियन्त्रणलाई शान्ति सम्झौताको रूपमा स्वीकार गरेको संकेत गर्छ।
युक्रेनको पूर्वमा डोनेट्स्क र लुहान्स्कका क्षेत्रहरूका लागि यसले के अर्थ राख्छ भन्ने कुरा अझै स्पष्ट छैन। यी क्षेत्रहरू सन् २०१४ देखि आंशिक रूपमा रुस समर्थक पृथकतावादीहरूको नियन्त्रणमा छन्।
यसबाहेक युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुससँग परमाणु शक्ति भएका कारण युद्ध अपराध गर्न सक्ने बताए। तर, त्यसको सजाय नदिने बताए।
मारिउपोलको अवस्थाबारे सोध्दा उनले यो सैन्य घटना मात्र नभएर भोकमरीसँगै मानिसहरूलाई यातना दिइँदै आएको बताए। त्यहाँ जनतामाथि अत्याचार भइरहेको उनले बताए।
प्रतिक्रिया