तेलको मूल्य बढाउनेविरुद्ध मुद्दा चलाउन पाउने विधेयक पारित

काठमाडौं– अमेरिकी सिनेटको एक समितिले मिलेमतोमा तेलको मूल्य बढाउनेविरुद्ध मुद्दा चलाउन बाटो खोल्ने विधेयकलाई अनुमोदन गरेको छ।

यो विधेयक पारित भएमा अमेरिकी महान्यायाधिवक्ताले तेल निर्यात गर्ने मुलुकहरूको संगठन (ओपेक) र यसका सदस्य राष्ट्रहरूविरुद्ध संघीय अदालतमा मुद्दा दायर गर्ने अधिकार पाउनेछन्।

साउदी अरेबिया र रुस जस्ता अमेरिकाका घनिष्ठ सहयोगी राष्ट्र पनि यो विधेयकको दायरामा आउन सक्छन्।

विधेयकलाई रिपब्लिकन पार्टीका चक ग्रास्ले र डेमोक्र्याटिक पार्टीका एमी क्लोबुचर लगायत धेरै सिनेटरहरूले समर्थन गरेका थिए। त्यसपछि यो विधेयक सिनेट न्यायिक समितिमा १७–४ ले पारित भएको थियो।

ह्वाइट हाउसका प्रवक्ता जेन साकीले भनिन्,‘प्रशासन कानुनको सम्भावित प्रभाव र परिणामहरू बारे चिन्तित छौं। विशेष गरी रूस–युक्रेन संकट जारी छ। ह्वाइट हाउस अझै यो विधेयक हेर्दैछ।’

प्रतिक्रिया