काठमाडौं– उत्तर कोरियाले अर्को ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ। उत्तर कोरियाले आफ्नो पनडुब्बीबाट उक्त मिसाइल परीक्षण गरेको दक्षिण कोरिया र जापानले दाबी गरेको हो।
यो मिसाइल परीक्षण दक्षिण कोरियाका नयाँ राष्ट्रपति युन सुक इओलले केही दिनपछि सपथ ग्रहण गर्न लागेका बेला भएको हो।
युनले उत्तर कोरियाविरुद्ध कडा आलोचना गर्ने संकेत दिएका छन्।
जापानका रक्षामन्त्रीले उत्तर कोरियाको यो मिसाइल परीक्षणलाई अन्तर्राष्ट्रिय समुदायका लागि खतरा भएको बताएका छन्।
प्रतिक्रिया