चुन्न जिम्मा दिइएको क्षणलाई कसरी सम्झौं
महाशय?
धेरै धेरै पटक र पटक पटक
चुनियो,
सखुवा भनेर उभिएको जिम्मेवारी
पोचो उत्तिस र गाँठो परेको घुर्पिस परेछ
लखतरान छन् घरभित्रका मुलखाँबाहरू
धमिरा पसेर!
कसरी भनौं त्यो यथार्थ थियोे वा
दन्त्यकथा!
महाशय,
यहाँले सपना धेरै बेच्नु भयो
सपना किन्ने पसलहरू पनि खुलेनन्
खुलेका सबै सबै बन्दै भए
किनकि सबै सपनाहरू नै बेच्ने भएपछि
सबै दुकानदारहरूले दुकान बन्द गरे
महाशय,
सपनाहरू बेच्ने सबै भए पछि
सपनाको व्यापार फस्टाएन
अब के को दुकान खोल्नु भयो महाशय?
माटोको कि बालुवाको?
उसिनाको कि अलुवाको?
कोभिडको कि हैजाको?
सबै कोभिड नै बेची खाने भए पछि
सबै स्वास्थ्यकै पसल खोल्ने भएपछि
जतिसुकै तर्साए पनि
जतिसुकै बन्दुक पड्काए पनि
दुकानदारहरू एकैखाले भएपछि
ग्राहकहरू पनि उस्तै भएपछि
दुकानहरू फेरि ठप्प भए
चलेन पसल र बिकेन स्वास्थ्य
अनि अस्पतालहरू पनि बन्द भए
अब केको पसल थाप्नु भएको छ?
महाशय,
माटको पनि बाढी पसिसको
फलफूलमा पनि आँपमा कोया पसिसको
त्यो पनि अचार नवन्ने पक्कै भयो
पाकेपछि त महाशय,
चुन्ने चुनाव नै हर्कने भयो
भन्नुहोस् महोदय, अब के चुनौ?
छेपारो चुनौ रंग फेर्छ
माकुरो चुनौ चुनिनासाथ जतताता जाल थाप्छ
सलेमण्डर चुनौ धेरै नै घाम ताप्छ
के कस्तो रङ्गको रङ् छानौं?
जुन पनि फुङ्फुङ् उडिजान्छ
अब चुनौं फलाँठ ठानेको थियोे
अब चुनौं बज्राँठ भनेको थियोे
सबै उग्लि सकेछन्
अरू नै पोचा काठहरू चुनावमा उभिएछन्
बाँस कति चुन्नु समय नआउँदै निहुरन्छ
छेपारा कति चुन्नु
समय अगावै रङ् फेर्छ
मन परेको थियोे परेवा चुन्ने
बाजहरूले उभन दिएन छन्
अब भन्नुहोस् महाशय, अब के चुनौं?
भन्नुहोस् महोदय, अब हामी जमिन मान्छे
के चुनौ?
के चुनौ?
प्रतिक्रिया