रुसी राष्ट्रपति पुटिन लामो लडाइँको तयारीमा : अमेरिका

काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमा युद्ध लम्ब्याउन चाहिरहेको अमेरिकाले चेतावनी दिएको छ। युक्रेनको पूर्वी भाग डोनबासमा जितका बावजुत पुटिन रोकिन नचाहेको अमेरिकाले दाबी गरेको हो।

अमेरिकाको राष्ट्रिय खुफिया प्रमुख एभ्रिल हेन्सले सिनेटको सुनुवाइका क्रममा रुसले आगामी केही महिनामा युक्रेनमा आफ्नो आक्रमणलाई तीव्र पार्न सक्ने बताइन्।

रुसले पूर्वी युक्रेनी भू-भाग कब्जा गर्न खोज्दा त्यहाँ ठूलो लडाइँ जारी रहेका बेला उनको यस्तो चेतावनी आएको हो।

हेन्सले चेतावनी भनिन्,‘रुसले ट्रान्सनिस्ट्रियाको भाँचिएको मोल्डोभा क्षेत्रमा ल्यान्ड ब्रिज खोजिरहेको छ। पुटिनले रुसमा मार्सल ल लागू गर्न सक्छन्। तर, रुसले परमाणु हतियार तब मात्र प्रयोग गर्नेछ जब उसको अस्तित्व खतरामा पर्नेछ।’

युक्रेनले उसको राजधानी किएभ कब्जा गर्ने रुसी प्रयासको प्रतिरोध गरेपछि मस्कोले डोनबास क्षेत्रतर्फ आफ्ना सेनालाई पुनः केन्द्रित गरेको छ। त्यसका बावजूद पनि रुसी सेनाले गतिरोध सामना गरिरहेको अमेरिकी गुप्तचर निकायको भनाइ छ।
 

प्रतिक्रिया