काठमाडौं- युक्रेनले आफ्नो सेनाले २४ फेब्रुअरीमा गरेको आक्रमणपछि २६ हजार रुसी सैनिक मारिएको दाबी गरेको छ।
युक्रेनी सेनाका अनुसार २६ हजार रुसी सैनिकको हत्यासँगै ११७० ट्यांक, २८०८ बख्तरबन्द सवारीसाधन, ५१९ आर्टिलरी प्रणाली, १८५ मल्टिपल प्रक्षेपण रकेट प्रणाली र ८७ वटा एन्टिएयरक्राफ्ट युद्ध प्रणाली कब्जा गरेको दाबी गरेको छ।
यसबाहेक १९९ लडाकू विमान, १५८ हेलिकोप्टर, १९८० सवारी साधन र इन्धन ट्यांकर पनि बरामद गरिएको जनाइएको छ। ३८० ड्रोन, ९४ क्रुज मिसाइल र ४१ थान विशेष उपकरण पनि बरामद गरेको युक्रेनी सेनाको दाबी छ।
प्रतिक्रिया