काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि काठमाडौं उपत्यकामा बसोवास गर्ने मतदाताहरु उम्मेदवारलाई मतदान गर्न गाउँ जानेको लर्को लागेको छ । बुधबार विहानैदेखि काठमाडौंबाट बाहिर जानेको भीड लागेको थियो । कोटेश्वर र बालाजुको माछापोखरी क्षेत्रमा घर फर्किनेहरुको भीड बढेको छ ।
महानगरी ट्राफिक प्रहरी महाशाखाकाअनुसार केही दिनदेखि काठमाडौं उपत्यकाबाट जिल्ला फर्किनेहरूको संख्या बढेको छ । निर्वाचन आयोगले मंगलबार मध्यराति देखिनै मौनअवधि लागू गरेको छ भने शुक्रबार देशभर यातायात ठप्प हुने भएपछि मतदाताहरु घर जान बुधबार भीड लागेको छ।
प्रतिक्रिया