एमाले अध्यक्ष ओलीले मतदान गरेको वडामा कांग्रेसको प्यानल नै विजयी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेको सूर्यविनायक नगरपालिका– २ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

कांग्रेसका वडाध्यक्षका उम्मेदवार प्रदीप कार्की १ हजार ५११ मतसहित विजयी भएका हुन्। उनका निकटतम् प्रतिश्पर्धी एमालेका विश्वराज विष्टले १ हजार ३०५ मत पाएक। यो वडामा वडाध्यक्षसहित कांग्रेसको प्यानल नै निर्वाचित भएको छ।

ओलीले वडा नं. २ बालकोटस्थित महेन्द्र शान्ति केन्द्रमा मतदान गरेका थिए। उनको निर्वाचन क्षेत्र झापा भए पनि भक्तपुरको बालकोटबाटै मतदान गर्ने गरेका छन्।

प्रतिक्रिया