काठमाडौं– भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता कायमै राखेकी छन्।
६९ हजार ६१२ मत गणना भइसक्दा रेणुले २७ हजार ७८ मत ल्याएकी छन्। नेकपा एमालेका विजय सुवेदीले २२ हजार ६० मत ल्याएका छन्। रेणुले विजयसँग ५ हजार १८ मतको अग्रता कायम गरेकी छन्।
मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ९ हजार ४१४ मत प्राप्त गरेका छन्।
यता, उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले २९ हजार १३२ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले १७ हजार १६६ मत ल्याएकी छन्।
भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनका ५ दल तथा एमाले र राप्रपाले चुनावी तालमेल गरेका छन्।
प्रतिक्रिया