कञ्चनपुरमा जिपको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

महेन्द्रनगर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाअन्तर्गत अर्जुनी ब्यारेक नजिकै जिपले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ। 

महेन्द्रनगरबाट धनगढीतर्फ आइरहेको से १ च ४४८ नम्बरको जिपले म २ प ६८३३ नम्बरको मोटरसाइकललाई अर्जुनीको जङ्गलमा  ठक्कर दिँदा २ जनाको मृत्यु भएको हो। 

मृत्यु हुनेमा कञ्चनपुरको बेदकोट नगरपालिका-५ का ३५ वर्षका गणेश बहादुर बम र १८ वर्षका भुतेषबहादुर बम छन्।

प्रतिक्रिया