बाजुरा– बाजुराको बूढीनन्दा नगरपालिको मेयरमा नेकपा एमालेका जनककुमार बोहरा विजयी भएका छन्। जनकले पाँच हजार ११५ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका पदमकुमार गिरीले तीन हजार २७१ मत ल्याए।
यस्तै, उपमेयरमा स्वतन्त्र उम्मेदवार रामबहादुर बोहरा विजयी भए। उनले चार हजार ७७ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकी रीतादेवी तीन हजार ६७७ मत ल्याए।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार ७ वडा एमाले र ३ वडाध्यक्ष कांग्रेसले जितेको छ। जिल्लाका नौ पालिकामध्ये आठ पालिकाको मत परिणाम आइसकेको छ। बूढीगङ्गा नगरपालिकामा कांग्रेस र एमालेबीच विवाद हुँदा मतगणनाबारेमा अन्योल रहेको छ। नगरपालिकाको विवाद समाधानका लागि निर्वाचन आयोगको टोलीले अनुगमन गरेको भए पनि हालसम्म कुनै निर्णय हुन सकेको छैन।
प्रतिक्रिया