दाङ ।दाङको तुलसीपुर उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ । एमालेका पूर्वजिल्लाअध्यक्षसमेत रहेका टीकाराम खड्का ३ हजार ६ सय ९१ मतान्तरले मेयरमा विजयी भएका छन् । उनले ३१ हजार ४ सय ८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका गेहेन्द्र गिरीले २७ हजार ७ सय १७ मत ल्याए ।
गिरी २०७४ सालको निर्वाचनमा पनि मेयरमा पराजित भएका थिए । उपमेयरमा एमालेकी स्यानी चौधरी ९ हजार ५ सय ३२ मतान्तरका साथ विजयी भइन्। उनले ३० हजार ५ सय ९७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका जोगबहादुर रानाले २१ हजार ६५ मत ल्याए ।
एमालेले तुलसीपुरका १० वटा वडामा जित निकालेको छ। जसमा वडा २, ३, ६, ८, १०, ११, १३, १५, १८ र १९ पर्छन् । कांग्रेसले ५, ७, ९, १४ र १७ तथा माओवादी केन्द्रले १, ४ र १२ वडा जित्दा वडा १६ मा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
प्रतिक्रिया