३५ लाख हिनामिना काण्डमा भारतीय ओलम्पिक संघका अध्यक्षको पद गुम्यो

दिल्ली। हकी संघको ३५ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा भारतीय ओलम्पिक संघका अध्यक्ष नरिन्दर बत्राले पदबाट राजीनामा गर्नु परेको छ। 

गत महिना मात्र उनीविरूद्ध केन्द्रिय जाँच एजेन्सी (सीबीआई) ले अनुसन्धान थालेको थियो। उनीविरूद्ध रकम हिनामिना गरेको आरोप लागेपछि दिल्लीको उच्च अदालतले सर्वोच्च अदालतका अवकाशप्राप्त न्यायाधीस अनिल दवे, पूर्व मुख्य निर्वाचन आयुक्त एसवाई कुरेशी र पूर्व ओलम्पियन जफल इकबाल सदस्य भएको ३ सदस्यीय छानवीन कमिटी गठन गरेको थियो।

कमिटीले पदको दुरुपयोग गर्दै बत्राले हकी संघको ३५ लाख रुपैयाँ हिनामिना गरेको रिपोर्ट दिँदै उनीबाट त्यो पैसा असुलउपर गर्न आदेश दिएको थियो। रिपोर्ट हकी संघका कार्यवहाक अध्यक्ष अनिल खन्नालाई सुम्पिएपछि बत्राले दबाबमा बुधबार राजीनामा गरेका हुन्।   
 

प्रतिक्रिया