मौसम खराब हुँदा सम्पर्कविहीन जहाजको खोज तथा उद्धारमा समस्या

पोखरा । मौसम खराब भएपछि सम्पर्कविहीन भएको तारा एयरको ट्विनअटर खोज्न गएको हेलिकोप्टर जोमसोम विमानस्थलमा फर्किएको छ । पानी परेकाले खोज तथा उद्धारका लागि गएको फिस्टेल एयरको हिलिकोप्टर जोमसोम विमानस्थल फर्किएको छ ।

पोखरा नागरिक उड्डययन कार्यालयका सूचना अधिकारी देवराज सुवेदीका अनुसार सम्पर्कविहीन जहाजा खोज्न जोमसोमबाट हेलिकोप्टर पठाइएको थियो ।

अन्तिम समय सम्पर्कमा आएको लेते पास र धौलागिरि श्रृंखला आसपासका क्षेत्रमा प्रहरी र स्थानीयले खोजी गरिरहेका प्रहरीले जनाएको छ ।  पोखराबाट आइतबार बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको छ । १० बजेर २० मिनेटमा अवतरण हुनुपर्ने थियो । तर जहाज त्यसअघिनै सम्पर्कविहीन भएको थियो । 
 

प्रतिक्रिया