काठमाडौं– आइतबार बिहानदेखि बेपत्ता तारा एअरको जहाजको सोमबार बिहानदेखि नै खोजी थालिने भएको छ।
मौसम प्रतिकूलताका कारण आइतबार दिनभरको प्रयास असफल भएपछि खोजी कार्य स्थगित गरिएकोमा आज सोमबार फेरि स्थल र हवाइमार्गबाट खोजी सुरु गरिने नेपाली सेनाले जनाएको छ।
पोखराबाट जोमसोम जाने क्रममा तारा एअरको ९ एनएईटी ट्विनअटर जहाज बेपत्ता भएको थियो। विमानमा चालक दलका तीन सदस्यका साथै १९ जना यात्रु थिए।
यसमा धनुषाका एकैपरिवार सात जना र गोरखाका एकैपरिवारका चार जना रहेको पाइएको छ। यात्रुमध्ये १३ नेपाली, चार भारतीय र दुई जर्मन नागरिक थिए।
प्रतिक्रिया