काठमाडौं– टर्कीका राष्ट्रपति रेतेप तथ्यय एर्दोआनाले स्वीडेन र फिनल्याण्डलाई नेटोमा सामेल गराउनेबारे पुन: एकपटक विरोध गरेका छन् ।
उनले गत साता स्वीडेन र फिनल्याण्डका प्रतिनिधिमण्डलसँग यस विषयमा छलफल गरेको तर ‘सोचेजस्तो’ नभएको बताए। नेटो सैन्य गठबन्धनमा सामेल हुने उनीहरुको अनुरोध स्वीकार गर्न नसकिने पनि उनले बताए।
उनले भने, 'जबसम्म रेतेप तथ्यय एर्दोआना टर्कीको राष्ट्रपति हुन्छन्, म आतंकवादलाई समर्थन गर्ने देशहरूलाई नेटोमा सामेल हुन दिन्न।'
नेटोमा संलग्न सबै देशहरूको सहमति बिना स्वीडेन र फिनल्याण्ड यस सैन्य गठबन्धनमा सामेल हुन सक्दैनन्।
यी दुवै देशले कुर्दिश चरमपन्थीलाई समर्थन गरेको आरोप लाग्दै आएको छ। यता, सिरियामा कुर्दशमाथिको कारबाहीपछि युरोपेली संघका देश स्वीडेन र फिनल्याण्डले टर्कीमाथि हतियार प्रतिबन्ध लगाएका छन्।
रुसले युक्रेनमा गरेको आक्रमणपछि फिनल्याण्ड र स्वीडेनले यसै वर्ष औपचारिक रूपमा नेटो सदस्यताका लागि आवेदन दिएका छन्।
नेटोका ३० देशमध्ये अधिकांशले यसलाई स्वागत गरे तर टर्कीले टर्कीविरुद्ध काम गर्ने आतंकवादीलाई समर्थन गरेको भन्दै यसलाई समर्थन गर्न अस्वीकार गरेको छ।
प्रतिक्रिया