काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९÷८० को बजेट नयाँ दृष्टिकोण र नयाँ दृढताको प्रस्थान बिन्दुको रुपमा रहेको बताएका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद चौधरीले आगामी आर्थिक वर्षको बजेटलाई नयाँ दृष्टिकोण र नयाँ दृढताको रुपमा चित्रण गरे । उनले बजेटले निजी क्षेत्रलाई विकासको इन्जिनको रुपमा प्रष्टसँग स्वीकारेको बताए । उनले मेक इन नेपालले बोकेको औद्योगिक विकासको ढाँचालाई अंगालिएको भन्दै यसो हुनु सुधारको महत्वपूर्ण चरण भएको उल्लेख गरे ।
उनले भने, ‘यो पटक अर्थमन्त्रीजीले खास गरी निजी क्षेत्रलाई एउटा डेभलपमेन्टको इन्जिनको रुपमा प्रष्टसँग स्वीकार्नु, मेक इन नेपालजस्ता दूरगामी सोच बोकेको १० वर्षको स्पष्ट औद्योगिक विकासको ढाँचा बोकेको रोडम्यापलाई अंगाल्नु मलाइै लाग्छ कि यो सुधार तर्फको पहिलो महत्वपूर्ण चरण हो ।’
प्रतिक्रिया