काठमाडौं– यातायात व्यवस्था विभागले बागमती र गण्डकी प्रदेशमा दर्ता कायम रहेका सवारी साधनहरूमा अनिवार्य रूपमा इम्बोस्ड नम्बरप्लेट राख्न भनेको छ। विभागले असार मसान्तसम्म इम्बोस्ड नम्बरप्लेट राखिसक्न भनेको छ।
बागमती र गण्डकीका यातायात कार्यालयहरुबाट इम्बोस्ड नम्बरप्लेट जडानका लागि सबै पूर्वाधार तयार भएको विभागको भनाइ छ। इम्बोस्ड नम्बरप्लेट नराखे साउन १ गतेदेखि ट्राफिक प्रहरीले अनुगमन गर्ने र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गरिने चेतावनी दिइएको छ।
सवारी साधनमा इम्बोस्ड नम्बरप्लेट जडान अनिवार्य गर्न २०७८ कात्तिक २२ मा नेपाल राजपत्रमा सूचना प्रकाशन गरिएको थियो छ। तर, पूर्ण कार्यान्वयन भएको थिएन। विभागले असार मसान्तसम्म सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न अन्मित पटक समय दिएको भन्दै शुक्रबार सूचना जारी गरेको छ।
बागमती प्रदेशको ललितपुरस्थित एकान्तकुना र काठमाडौंस्थित जुर्जुधारा तथा गण्डकी प्रदेशको कास्कीस्थित पोखरामा रहेका यातायात व्यवस्था कार्यालयहरूमा इम्बोस्ड नम्बर जडानसम्बन्धी विभागको निर्देशन र संघीय कानून कार्यान्वयनमा नआएकोमा पनि विभागले ध्यानाकर्षण भएको जनाएको छ।
मोटरसाइकललगायत साना-ठूला सवारी साधनमा इम्बोस्ड नम्बरप्लेट जडान गर्न पनि सवारी साधन धनीहरूलाई विभागले आग्रह गरेको छ।
विभागले बागमती प्रदेशको एकान्तकुना ललितपुर, काठमाडौंको गर्जुधारा र गण्डकीका पोखराबाट इम्बोस्ड नम्बरप्लेज जडान गर्न सकिने बताएको छ।
प्रतिक्रिया