सबल स्वास्थ्यको लागि सन्तुलित आहार, उचित निन्द्रा    

सुखी जीवनको लागि उचित निन्द्रा आवश्यक पर्दछ । सन्तुलित आहार र दैनिक व्यायाम मानिसको लागि आवश्यक छ । चाहे भन्दा काम गर्ने मानिसहरु आरामको चिन्ता गर्दैनन् । निन्द्रामा समय नदिँदा वा स्वास्थ्य जानकारी नहुँदा भविष्यमा अनेक वाधा व्यवधान भोग्नुपर्ने बताइएको हो ।    

सोचाईमा बृद्वि तथा ध्यान    
मानिसको उमेरको बृद्वि तथा मानसिक तनावले उसको होस उडाउँछ । मानसिक स्वास्थ्य सवल वनाउन व्यायाम र सन्तुलित आहारलाई लिन सकिन्छ ।

यसको लागि मानिसले विभिन्न खेलहरु जस्तै चेस, पजल्स, शव्द खोज तथा कितावहरु रोज्न सक्छ ।     मानिसहरु काममा जिम्मेवार बन्न हिचकिचाउँछन्, काममा सबल पार्नको लागि आरामको निन्द्रा अनुकुल हुने गर्छ । इमेल, फेसबुक तथा सामाजिक सञ्जाल छिटो चलाउन तथा संकेतको विज्ञानको लागि होस् मानिसको संझना तिखो हुनुपर्छ । मानिसमा चाँडो उपायको निस्कासन फुर्तिलो र व्यायाम गर्ने शरीरको कारणबाट हुनेगर्छ ।    

तौल घटाउने उपाय    
तौल घटाउन शरीरलाई चाहिने आवश्यक निन्द्रा र व्यायामको जरुरी देखिन्छ । मध्यपान मानिसको शत्रु हो । धेरै काम गर्नाले मानिसको तौल घट्ने विश्लेषण गरिन्छ । शिक्षा लिने बानीले मानिसलाई तनावबाट सदैव मुक्ति दिलाँउछ । मानिसको तौल अनुसार दैनिक ८ देखि ९ घण्टाको सुताईलाई अतिआवश्यक मानिएको छ ।    
क्यालोरीको  मापन    
शरीरलाई आवश्यक क्यालोरीको सेवन आफैंमा तौल घटाउन मिल्ने पौष्टिक तत्वको रुपमा लिइन्छ । उमेर लिङ्ग, उचाई र चयापचाय शक्तिको लागि क्यालोरीको जरुरी देखिन्छ । ध्यानको लागि पनि क्यालोरीको सेवन औधि हुनु जरुरी देखिन्छ । क्यालोरी पाइने तत्वमा फलफूल, टमाटर, दुध, दही, चिज, आलु, रोटी, पास्ता, वदाम र संग्लो चामलहरु पर्दछन् ।    

व्यायाम    
मानिसको खानपान सँगै व्यायामको तालमेल हुनुपर्दछ ।     हिँड्नु, दौड्नु, उठवस गर्नु, जिम गर्नु, ड्रमवेल उचाल्नु, दैनिक यात्रा गर्नु व्यायामका दैनिक उपायहरु हुन् । व्याटमिन्टन खेल्ने, फूटबल, बास्केटबल, भलिबल खेल्नाले शरिर फाइदा मन्द हुने बताइन्छ ।    

सामाजिक र भावानात्मक सम्वन्धको विकास    
मासिनको विवेक सधैं सृजनशील र सकारात्मक हुनुपर्ने बताइन्छ । दैनिक कार्यालयमा यस प्रकारको सोचले सधैं मानिसको भावना र व्यवहारको मूल्याङ्कन हुने गरेको खोजकर्ताहरुको निष्कर्ष छ ।    
(स्रोतः मेडिकल न्यूज टुडे)
 

प्रतिक्रिया