काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । आइतबार अपराह्न बालुवाटार पुगेर सभामुख सापकोटाले प्रधानमन्त्री देउवासँग भेट गरेका हुन् ।
भेटमा प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति चयन, सार्वजनिक लेखा समितिको नेतृत्वका सम्बन्धमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ । यसैगरि उनीहरुबीच नागरिकतालगायत विचाराधिन विधेयकहरु र उपसभामुख चयनका विषयमा पनि छलफल भएको छ ।
प्रतिक्रिया