भारतको चारधाम यात्रामा निस्किएको बस उत्तरकाशीमा दुर्घटना, २३ जनाको मृत्यु

काठमाडौं–भारत उत्तराखण्डको उत्तरकाशीमा आइतबार साँझ बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ। मध्यप्रदेशबाट ३० तीर्थयात्रीलाई लिएर चारधाम यात्रामा निस्किएको बस उत्तरकाशीमा भीरबाट तल खसेको हो। 

भारतको दैनिक भास्करका अनुसार दुर्घटनामा ६ जना गम्भीर घाइते भएका छन्। 

युके ०४ १५४१ नम्बरको बस हरिद्वारबाट उत्तरकाशीतर्फ गइरहेको थियो। उत्तरकाशीका प्रहरी अधिकारी अशोक कुमारका अनुसार हालसम्म २३ जनाको शव फेला परिसकेको छ भने घाइतेलाई अस्पताल पुर्‍याइएको छ।

भीरमा बस खसेकाले शव संकलन तथा घाइतेको उद्धारमा कठिनाई भएको बताइएको छ।

प्रतिक्रिया