दैनिक ३०९ रुपैयाँभन्दा कम कमाउने गरिब

काठमाडौं– विश्व बैंकले अति गरिबका लागि नयाँ मापदण्ड बनाएको छ। अब कुनै व्यक्तिले दैनिक ३०९.७५ रुपैयाँ (२.१५ डलर)  भन्दा कम कमाउँछ भने उसलाई अत्यन्त गरिब मानिनेछ। 

विश्व बैंकले मुद्रास्फीति, जीवनयापन लागतमा भएको वृद्धि, चरम गरिबीको रेखा लगायतका धेरै मापदण्डका आधारमा समय–समयमा तथ्याङ्क सार्वजनिक गर्दै आएको छ।

युक्रेन र रुसबीच जारी द्वन्द्वका कारण विश्वभर मुद्रास्फीति बढेको छ। यस बीचमा धेरै चीजहरू परिवर्तन भएका छन्। तर, हाल २०१५ को तथ्यांकका आधारमा मूल्याङ्कन भइरहेको छ। विश्व बैंकले यो वर्षको अन्त्यसम्ममा नयाँ मापदण्ड लागू गर्नेछ।

भारतमा आठ वर्षमा १२.३ प्रतिशतले घट्यो गरिबी
विश्व बैंकको नीति प्रतिवेदनले भारतमा आठ वर्षमा १२.३ प्रतिशतले गिरावट आएको उल्लेख गरेको छ। सहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा गरिबी द्रुत गतिमा घटेको छ। विश्व बैंकको नीति अनुसन्धानको कार्यपत्रमा यो जानकारी दिइएको हो। 

भारतले चरम गरिबी झन्डै उन्मूलन गरिसकेको उल्लेख छ। योसँगै मुलुकमा उपभोग असमानता ४० वर्षयताकै न्यून स्तरमा पुगेको छ। 

गरिबी दर सन् २०११ मा २२.५ प्रतिशत रहेकोमा २०१९ मा १०.२ प्रतिशत पुगेको छ। प्रतिवेदनका अनुसार भारतको ग्रामीण क्षेत्रमा गरिबीमा ठूलो कमी आएको छ।

प्रतिक्रिया