चोलेन्द्रको बहिर्गमनका लागि बारले सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास गर्ने

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको बहिर्गमनको माग गर्दै नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने भएको छ ।

बारले बिहीबार दिउँसो २ बजे सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने जनाएको हो । मंगलबार आयोजित धर्नामा नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले मार्चपासमा नागरिक समाजका सदस्यहरु समेत संलग्न रहने जानकारी दिए ।

उनले प्रधानन्यायाधीश जबरा बालुवाटारका कारण लुकेर न्यायालय आउने गरेको भन्दै अब सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास गर्न लागिएको बताए । उनले बुधबार देशभरका १८ वटा उच्च अदालतमा धर्ना कार्यक्रम आयोजना गर्ने पनि जानकारी दिए ।

\वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले अदालत परिसर भित्र कानुन व्यवसायीमाथि लाठी प्रहार गर्नु न्यायपालिकाको न्याय मर्नु सरह भएको बताए । बारको अगुवाईमा कानुन व्यवसायी प्रधानन्यायाधीशको राजीनामा माग्दै एक महिनादेखि आन्दोलनमा छन् ।

प्रतिक्रिया