डलरको तुलनामा पाकिस्तानी रुपैयाँको भाउ २ सय नाघ्यो, भारतीय रुपैयाँ पनि कमजोर 

काठमाडौं– पाकिस्तानको कमजोर आर्थिक अवस्थाबीच पाकिस्तानी रुपैयाँको भाउ पुन: २०० नाघेको छ।

आगामी बजेटको अनिश्चितता र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को असहयोगका कारण डलरको तुलनामा पाकिस्तानी रुपैयाँको भाउ २ सय ६ रुपैयाँ पुगेको हो।

स्टेट बैंक अफ पाकिस्तानका अनुसार सोमबार स्थानीय मुद्रा २.१४ रुपैयाँ अर्थात् १.०७ प्रतिशतले घटेको छ। यसअघि पाकिस्तानी रुपैयाँको अवस्थामा केही सुधार आएको थियो। यसअघि पाकिस्तानी रुपैयाँको भाउ १९७ देखि १९९ रुपैयाँको बीचमा रहेको थियो।

जुन महिनापछि पहिलो पटक रुपैयाँको भाउ २०० नाघेको हो। तर, २६ मेमा भने पाकिस्तानी रुपैयाँको भाउ २०२ को अंकमा पुगेको थियो।

पाकिस्तानमा तेलको मूल्य बढेसँगै भारतीय रुपैयाँ पनि कमजोर हुन थालेको छ। पाकिस्तान आफ्नो कमजोर आर्थिक अवस्था, बढ्दो मुद्रास्फीति र घट्दो रुपैयाँबाट बाहिर निस्कन खोजिरहेको छ। अर्थतन्त्रलाई स्थिर बनाउन पाकिस्तानले साउदी अरब, कतार र युएईसँग सहयोग मागेको छ।  

पाकिस्तानका अर्थमन्त्री मिफ्ताह इस्माइलले साउदी अरबले डिसेम्बरअघि पाकिस्तानको केन्द्रीय बैंकमा रकम जम्मा गर्ने अपेक्षा गरिएको बताएका छन्। साउदीले ऋणमा  पाकिस्तानलाई तेल लिने सीमा पनि बढाउन सक्ने उनले बताए।

 

प्रतिक्रिया