कंगोमा हिरा खानी भत्किँदा ४० भन्दा बढीको मृत्यु

प्रजातान्त्रिक गणतन्त्र कङ्गोको मध्य क्षेत्रमा हीरा खानीमा पहिरो जाँदा पुरिएर ४० भन्दा बढी मानिसहरूको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् । कासई प्रान्तीय सरकारका आन्तरिक मन्त्री आलेन शिसुङ्गु नतुम्बाले साम्बा शहरमा भएको घटनामा ४० जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।

उनले मृतकहरूलाई खानीभित्रबाट निकाल्ने क्रम जारी रहेको बताए । पीडितहरु सबै हिरा खानीमा काम गर्ने श्रमिक रहेका ती अधिकारीले बताए । पहिरोले करिब ४० वटा खाडललाई पुरेको बताइएको छ ।


 

प्रतिक्रिया