प्रधानमन्त्री र मेयर साहबीच काठमाडौंको फोहोर व्यवस्थापनबारे छलफल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले फोहोर व्यवस्थापनका विषयमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई बोलाएर जानकारी लिएका छन् ।

बिहीबार साँझ बालेनलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री देउवाले फोहोर व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न सरकारको साथ रहने बताए ।

साथै उनले बन्चरेडाँडाका स्थानीयवासी र जनप्रतिनिधिसँग पनि छलफल गरेर दिर्घकालीन समाधान खोज्न आग्रह गरेका छन् । महानगरको योजनामा सरकारले सहयोग गर्ने पनि देउवाले वचन दिएको उनको निजी सचिवालयले जनाएको छ।  फोहोर व्यवस्थापनका लागि शुक्रबार सहरी विकास मन्त्रालयमा स्थानीयबासीसँग वार्ता हुँदैछ ।

प्रतिक्रिया