रुसको नियन्त्रणमा रहेका दुई ब्रिटिश र मोरक्कोका एक नागरिकलाई मृत्युदण्डको सजाय

स्वघोषित डोनेट्स्क गणराज्यको आफ्नै खालको अदातलले ब्रिटेनका दुई र मोरक्कोका एकजना नागरिकलाई मृत्युदण्डको सजाय सुनाएको रुसी सरकारी समाचार संस्था आइएएनले जनाएको छ ।

युक्रेनी फौजको पक्षबाट लडिरहेका बेला उनीहरू कब्जामा परेका थिए । उक्त स्वघोषित अदालतका अध्यक्षले उनीहरूले महिनादिनभित्र सजायबारे पुनरावेदन गर्न सक्ने बताएका छन् । रुसले उक्त पृथकतावादी क्षेत्र र लुहान्स्क गणराज्यलाई फ्रेबुअरीमा हमला सुरु गर्नुअघि मान्यता दिएको थियो । डोनबास क्षेत्रमा पूर्वी भेगका डोनेट्स्क र लुहान्स्क पर्छन् ।

पूर्वी युक्रेनी शहर सेभेरोडोनेट्स्कमा लडाइँ मत्थर हुने कुनै छनक नदेखिँदा त्यहाँका सडकमा गोली हानाहान र भीषण बमबारी चलिरहेको छ । सेभेरोडोनेट्स्कका सैन्य प्रमुखले लडाइँ कठिन भए पनि आफूहरू लडिरहेको बताए ।

उनले युक्रेनी फौजले अझै त्यहाँको औद्योगिक क्षेत्र र आसपासका क्षेत्रमा नियन्त्रण कायम राखेको जनाएका छन् । लुहान्स्क क्षेत्रका गभर्नर सेर्हेई हाइडाइले युक्रेनी फौजहरू शहरबाट पछाडि धकेलिएको र उनीहरूले केही बाहिरी भागमा मात्र नियन्त्रण गरिरहेको बताएका छन्।

प्रतिक्रिया