काठमाडौं महानगर र सिसडोल-बन्चरेडाँडाका आन्दोलनरत पक्षबीच कुरा मिल्यो, शुक्रबारदेखि फोहर उठ्ने

काठमाडौं– काठमाडौं महानगरपालिका र सिसडोल–बन्चरेडाँडाका प्रतिनिधिबीच उपत्यकाको फोहर व्यवस्थापनमा सहमति जुटेको छ। 

शुक्रबार बिहान १ बजे सकिएको बैठकमा आन्दोलनरत स्थानीय र प्रभावित क्षेत्रका वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो। यो समूहले केही दिन अघि भएको सम्झौता अस्वीकार गरिरहेको थियो। 

दुई पक्षबीच काठमाडौंको फोहर व्यवस्थापनका वियषमा १८ बुँदे सहमति भएको हो। काठमाडौं महानगरका मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डंगोलसहित प्रभावित क्षेत्र ककनी गापा १ का अध्यक्ष पदमबहादुर श्रेष्ठ बलामी, वडा नम्बर २ का अध्यक्ष तिलक बहादुर लामाका साथ धुनिवेशी नगरपालिका १ का अध्यक्ष बहादुर तामाङ तथा वडा नम्बर ३ का अध्यक्ष प्रकाश हमालबीच सहमति भएको हो। 

सहमति अनुसार शुक्रबारदेखि नै उपत्यकाको फोहर बिसर्जनको अवरोध हटाइ सुचारु गर्नुपर्ने जनाइएको छ। 

प्रतिक्रिया