भारतीय र्‍याफ्टिङ प्रशिक्षकमाथि महिला खेलाडीलाई दुर्व्यवहार गरेको आरोप

काठमाडौं– भारतको राष्ट्रिय स्तरकी महिला र्‍याफ्टिङ खेलाडीले विदेश भ्रमणको क्रममा आफूलाई प्रशिक्षकले दुर्व्यवहार गरेको आरोप लगाएकी छन्। 

ती महिला खेलाडीले जर्मनीको भ्रमणको क्रममा आफूलाई प्रशिक्षकले दुर्व्यवहार गरेको आरोप लगाएकी हुन्। उनले भारतीय र्‍याफ्टिङ फेडेरेसन र स्पोर्ट्स अथोरिटी अफ इन्डिया (एसएआई) दुवैमा उजुरी गरेकी छन्।

उजुरी आएपछि स्पोर्ट्स अथोरिटी अफ इन्डियाले ती खेलाडीले र्‍याफ्टिङ फेडेरेसनमा कहिले र कति पटक उजुरी गरेको तथा किन जवाफ नदिएको? सोबारे स्पष्टीकारण दिन निर्देशन दिएको छ।

उजुरीमा ती खेलाडीले र्‍याफ्टिङ फेडेरेसनमा पटकपटक गुनासो गरेको तर कुनै सुनुवाइ नभएपछि अन्ततः स्पोर्ट्स अथोरिटी अफ इन्डियासँग गुनासो गर्नुपरेको उल्लेख गरेकी छन्।

यता, स्पोर्ट्स अथोरिटी अफ इन्डियाले ती खेलाडीसँग कुरा गरेको छ। कुराकानीमा ती खेलाडीले तयारीका क्रममा ‘मानसिक दबाब’ सिर्जना दिएको बताएको उल्लेख छ। तर, स्पोर्ट्स अथोरिटी अफ इन्डियाले यौन उत्पीडन भए नभएको ती खेलाडीले नखुलाएको बताएको छ।

महिला खेलाडीले आरोप लगाएका प्रशिक्षक तीन पटकको ओलम्पियन र भारतीय नौसेना टोलीका प्रशिक्षक हुन्।

यसअघि भारतकी सिनियर महिला साइक्लिस्टले राष्ट्रिय प्रशिक्षक आरके शर्मामाथि उत्पीडनको आरोप लगाएकी थिइन्।

प्रतिक्रिया