काठमाडौं । काठमाडौं महानगरपालिका र सिसडोल– बन्चरेडाँडाका प्रतिनिधिबीच उपत्यकाको फोहर व्यवस्थापनमा सहमति जुटेको छ । बिहीबार अबेर रातिसम्म चलेको बैठकमा आन्दोलनरत स्थानीय र प्रभावित क्षेत्रका वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो ।
दुई पक्षबीच काठमाडौंको फोहर व्यवस्थापनका वियषमा १८ बुँदे सहमति भएको हो । सहमति अनुसार आजदेखिनै उपत्यकाको फोहर बिसर्जनको अवरोध हटाइ सुचारु गर्नुपर्ने जनाइएको छ।
काठमाडौं महानगरका मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डंगोलसहित प्रभावित क्षेत्र ककनी गाउँपालिका १ का अध्यक्ष पदम बहादुर श्रेष्ठ बलामी, वडा नम्बर २ का अध्यक्ष तिलक बहादुर लामाका साथ धुनिवेशी नगरपालिका १ का अध्यक्ष बहादुर तामाङ तथा वडा नम्बर ३ का अध्यक्ष प्रकाश हमालबीच सहमति भएको हो।
प्रतिक्रिया