बढ्यो सार्वजनिक सवारीसाधनको भाडा

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य बढेसँगै लामो दूरीका सार्वजनिक सवारीसाधनको भाडा बढेको छ । । पेट्रोलियम पदार्थको मूल्यअनुसार अन्तर प्रदेश सार्वजनिक सवारीमा पनि स्वचालित प्रणाली लागू भएसँगै भाडा बढेको हो । यसअघि जेठ २० गते पनि भाडा बढाइएको थियो ।

पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशतभन्दा धेरै घटबढ भएमा अन्तरप्रदेश यात्रुबाहक र मालबाहक यातायातको भाडा सोअनुसार समायोजन गर्न थालिएको छ । बिहीबार रातिबाट नेपाल आयल निगमले इन्धनको मूल्य ७.८४ प्रतिशतले बढाएको थियो ।

इन्धनको सो मूल्य वृद्धिअनुसार विभागले यात्रुबाहक सवारीसाधनको भाडा २.५ प्रतिशतले वृद्धि गरेको छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीसाधनको भाडा ३.३ र तराईमा चल्ने मालबाहक सवारीको भाडा ३.७ प्रतिशत बढेको छ ।

 

 

प्रतिक्रिया