काठमाडौं। पाकिस्तानका पूर्व आर्मी शाषक परवेज मुसर्रफको स्वास्थ्य अवस्था निकै दयनीय बनेको छ। स्वास्थ्य अवस्था एक्कासी बिग्रिएपछि उनलाई सयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित अस्पतालमा भर्ना गरिएको पाकिस्तानी मिडियाले जनाएका छन्। उनी लामो समयदेखि क्यान्सर रोगबाट पिडित थिए। उनलाई हाल भेन्टिलेटरमा राखेर उपचार गराइरहेकाे बताइएकाे छ। ७८ वर्षीय मुसर्रफ सन् २००१ देखि २००८ सम्म पाकिस्तानको राष्ट्रपति भए।
यसअघि उनी पाकिस्तानको आर्मी प्रमुख थिए। उनले नवाज शरीफलाई सत्ताच्युत गर्दै शाषन व्यवस्था आफ्नो हातमा लिएका थिए। सन् २०१९ मा उनलाई मृत्यु दण्डको सजाय सुनाइएको थियो। उनी लामो समयदेखि दुबईमा बस्दै आइरहेका थिए।
प्रतिक्रिया