काठमाडौं। देशका केही मिडियाले पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसर्रफको निधन भएको भ्रमपूर्ण खबर दिएपछि उनको परिवारले यसको खण्ड्न गरेको छ। परिवारबाट आएको सन्देशमा भनिएको छ, ‘उहाँको अंगहरू खराब अवस्थामा छन् तर उहाँलाई भेन्टिलेटरमा राखिएको छैन।’
Message from Family:
— Pervez Musharraf (@P_Musharraf) June 10, 2022
He is not on the ventilator. Has been hospitalized for the last 3 weeks due to a complication of his ailment (Amyloidosis). Going through a difficult stage where recovery is not possible and organs are malfunctioning. Pray for ease in his daily living. pic.twitter.com/xuFIdhFOnc
पूर्व आर्मी शाषक मुसर्रफ एमाइलोइडोसिस रोगको जटिलताका कारण विगत ३ सातादेखि अस्पताल भर्ना थिए। उनी निको नहुने र अंगहरू काम गर्न नसक्ने कठिन अवस्थामा छ। ‘उहाँको दैनिक जीवनको सहजताको लागि प्रार्थना गर्नुहोस्,’ मुसर्रफको आधिकारीक ट्वीटरमा यो सन्देश दिइएको छ।
परिवारको खण्ड्न बाहिरिएपछि पाकिस्तानी मिडियाले आफ्नो न्युज सच्चाउन थालेका छन्।
याे पनि
पाकिस्तानका पूर्व राष्ट्रपति मुसर्रफको अवस्था चिन्ताजनक
प्रतिक्रिया