पाँच महिनापछि खुल्यो त्रिविको ताला

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपति कार्यालयमा लगाइएको ताला झन्डै पाँच महिनापछि आइतबारदेखि खुलेको छ । विभिन्न माग राखेर नेपाली कांग्रेसको भ्रातृ संगठन नेपा विद्यार्थी संघ (नेविसंघ) र आंशिक प्राध्यापकहरुले गत माघमा त्रिवि उपकुलपति, रेक्टर र रजिस्ट्रारको कार्यालयमा ताला लगाएका थिए ।

नेविसंघले माघ ६ गते लगाएको ताला शुक्रबार नै खोलिएको थियो भने आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समिति माघ २१ गते लगाएको ताला आज खोलएिको हो। तलाबन्दीका कारण लामो समयदेखि बन्द त्रिविको प्रशासनिक कामले अब नियमितता पाउने भएको छ । नेविसंघले त्रिवि उपकुलपतिसमेत रहेका प्रधानमन्त्रीसँग सहमति गरेर ताला खोलेको जनाइएको छ भने आंशिक प्राध्यापकहरूले त्रिविसँग ६ बुँदे सहमति गरेर आज ताला खोलेका हुन् ।

त्रिविको वार्ता टोली र आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिबीच आज भएको सहमतिमा २०७८ मंसिर ८ सम्म त्रिविमा कार्यरत आंशिक शिक्षकलाई करार गर्न मन्त्रिपरिषदले स्वीकृत गरेको १४२९ कोटा कार्यान्वयन गर्न सरकारसँग आवश्यक बजेटका लागि १५ दिनभित्र पहल गर्ने उल्लेख छ ।

085459164TU-sahamati

प्रतिक्रिया