काठमाडौं। भारतीय कांग्रेस अध्यक्ष सोनिया गान्धीको स्वास्थ्य प्रतिकूल भएपछि अस्पताल भर्ना गरिएको छ। उनलाई १ जुनमा कोरोना पोजेटिभ भएको थियो। तर, उनको कोरोना रिपोर्ट अहिलेसम्म पोजेटिभ नै छ।
उनलाई श्वास लिन अफ्ठेरो भएपछि राजधानी दिल्लीको गंगाराम अस्पताल भर्ना गरिएको प्रवक्ता रणदीप सुरजेवालाले बताए।
हाल विपक्षी दलको नेतासमेत रहेकी सोनियालाई नेशनल हेराल्ड मुद्धामा सोधपुछका लागि ८ जुनमा प्रवद्र्धन निर्देशनालय (इडी) मा हाजिर हुन भनिएको थियो। तर, कोरोना संक्रमणका कारण उनी उपस्थित हुन सकेकी थिइनन्।
भारतीय कांग्रेसमा सोनिया सबैभन्दा लामो समय अध्यक्ष बन्ने नेता हुन्। उनी सन् १९९८ मा सर्वसहमतले अध्यक्ष नियुक्त भएकी थिइन। उनी विगत २२ वर्षदेखि पार्टीको अध्यक्ष पदमा आसिन छिन्।
सोनियापछि उनको छोरी तथा उत्तर प्रदेश कांग्रेसकी महासचिव प्रियंका गान्धी पनि कोरोना संक्रमित भएकी थिइन।
प्रतिक्रिया