रूस-युक्रेन युद्धको असर भारतको हिरा उद्योगमा

काठमाडौं– लामो समयको रूस-युक्रेन युद्धको असर भारतस्थित गुजरातको हिरा उद्योगमा देखिन थालेको छ। यो युद्धका कारण हिरा प्रशोधन क्रेन्द्रमा कच्चा पदार्थको अभाव हुन थालेको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार साना आकारका हिराहरू प्रशोधन गर्न र पालिशका गर्न कच्चा पदार्थहरू अभाव हुन थालेको हो। त्यसैले यस्ता केन्द्रमा काम कम भएको छ। काम कम भएकाले ड्युटी समय घटाइएको छ। तर, यसले कामदारले जागिर गुमाउनुपर्ने डर पैदा भएको छ।

जेम्स एण्ड ज्वेलरी एक्स्पोर्ट प्रमोशन काउन्सिलका अध्यक्ष दिनेश नभाडियाका अनुसार गुजरातको हिरा उद्योगमा करिब १५ लाख कारीगर काम गर्छन्।

रूस–युक्रेन युद्धका कारण कच्चा पदार्थको अभाव भएपछि गुजरातको हिरा व्यापारले अफ्रिकी मुलुकबाट कच्चा पदार्थ माग गरिरहेको छ। तर, अफ्रिकी मुलुकबाट आउने यी कच्चा पदार्थ महँगो हुन्छ र उनीहरूको लागत बढ्ने देखिन्छ।

यससँगै अमेरिकी कम्पनीहरूले गुजरातका कम्पनीहरूलाई रूसबाट आउने कच्चा पदार्थ नकिन्न इमेल पठाएका छन्।

प्रतिक्रिया