काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अत्यावश्यक रासायनिक मल कृषकलाई सहजरुपमा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएका छन् ।
सभामुख सापकोटाले सम्भाव्य सबै उपाय अबलम्वन गरी मल ल्याउने कार्य सम्पादन गर्न सरकारलाई निर्देशन दिएका हुन् । कुल ग्राहस्थ उत्पादनमा २५ प्रतिशत योगदान दिने कृषि क्षेत्रका समस्या समाधान गर्ने कार्यलाई प्राथमिकता दिँदै मल उपलब्ध गराउन सरकारलाई निर्देशन दिएका हुन् ।
त्यसक्रममा कृषिमन्त्री महेन्द्रराय यादवले असार अन्तिम सातासम्म आवश्यक मल आइपुग्ने संभावना रहेको बताएका थिए। कृषिमन्त्री यादवले अन्तर्राष्ट्रिय बजारमा मल उत्पादनमा ह्रास र मूल्यमा उतारचढावले समयमा मल ल्याउन नसकिएको बताएका थिए।
प्रतिक्रिया