काठमाडौं– रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभले आफूहरुले युक्रेनमा आक्रमण नगरेको दाबी गरेका छन्।
करिब चार महिनाअघि रुसी सेनाले युक्रेनमा आक्रमण सुरु गरेयता हजारौँ सर्वसाधारण मारिएका छन्, सहरहरू भग्नावशेषमा परिणत भएका छन् भने लाखौँ युक्रेनी आफ्नो घर छोडेर हिँड्न बाध्य भएका छन्।
तर, बिहीवार रुसी विदेशमन्त्री लाभ्रोभले आफूहरुले युक्रेनमा आक्रमण नगरेको दाबी गरे।
‘हामीले युक्रेनमा आक्रमण गरेका होइनौं। हामीले विशेष सैन्य कारबाहीको घोषणा गर्यौं। किनभने हामीसँग पश्चिमलाई युक्रेनलाई नेटोमा तान्नु एउटा आपराधिक कार्य हो भनेर बुझाउने कुनै अर्को तरिका थिएन,’ उनले भने।
प्रतिक्रिया