काठमाडौं। अमेरिकाले सबैभन्दा बढी खोजी गरेको विकिलिक्सका संस्थापक जुलियन असाञ्जको अन्ततः अमेरिकालाई बुझाइने भएको छ। बेलायती सरकारले अमेरिकाको यो आग्रहलाई अहिले आएर स्विकार गरेको छ।
असाञ्ज अस्ट्रेलियाका नागरिक हुन्। उनीविरूद्ध जासुसीको आरोप छ। उनी सन् २०१९ देखि लण्डनको बेल्मार्श जेलमा बन्द थिए।
अमेरिकाले प्रत्यारोपणका लागि बेलायती अदालतमा निवेदन दर्ता गरेको थियो। यसअघि अमेरिकी सरकारले बेलायतसँग उनलाई फर्काउन आग्रह गर्दै आइरहेको थियो।
असाञ्जले सन् २०१० मा विकिलिक्स स्थापना गर्दै विश्वभरी छरिएका अमेरिकी दूतावासबाट पेन्टागनमा पठाइएका अति गोप्य पत्रहरू सार्वजनिक गराइदिएका थिए।
उनलाई अमेरिका आतंककारी ओसमा बिन लादेनको हाराहारीमा दुश्मन ठान्छ।
प्रतिक्रिया