अझै फेला परिनन् नूपुर शर्मा

काठमाडौं– मुम्बई प्रहरीको टोली विगत चार दिनदेखि दिल्लीमा छ। टाइम्स अफ इन्डियाले एक वरिष्ठ प्रहरी अधिकारीलाई उद्धृत गर्दै प्रकाशित गरेको समाचार अनुसार उक्त टोली चार दिनदेखि भारतीय जनता पार्टी (भाजपा)बाट निलम्बित पूर्वप्रवक्ता नूपुर शर्मालाई पक्राउ गर्न दिल्लीमा परिचालित भएका हुन्।

उनको खोजी गर्ने प्रयास भैरहेको छ। तर, उनी अहिलेसम्म फेला परेकी छैनन्। नूपुरलाई उपस्थित हुन प्रहरीले इमेलबाट एक मेल पठाएको थियो। 

जुनमा मुम्बईको पाइधोनी पुलिस स्टेशनले नुपुरलाई २५ जुनसम्म उपस्थित हुन बोलाएको थियो। त्यसपछि उनी उपस्थित हुन आनाकानी गर्दै आएकी थिइन्।

प्रहरीले पक्राउ गर्न लागेको खबर चुहावट भएसँगै उनी वेपत्ता भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। नुपुरले एक टिभी च्यानलमा बहसका क्रममा पैगम्बर मोहम्मदविरुद्ध विवादास्पद टिप्पणी गरेपछि मुम्बईमा उनीविरुद्ध एफआईआर दर्ता भएको थियो।

त्यसपछि प्रहरीले उनलाई आफ्नो बयान दिन आग्रह गरेको थियो।

प्रतिक्रिया