काठमाडौं– सेनामा भर्तीको नयाँ योजना अग्निपथको विरोधमा भएको हिंसामा बिहारमा ७५० जना पक्राउ परेका छन्।
बिहार प्रहरीका अनुसार सरकारी सम्पत्तिमा तोडफोड गर्ने र क्षति पुर्याएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो।
शनिबार जारी विज्ञप्तिमा भनिएको छ,‘केन्द्र सरकारको अग्निपथ भर्ती योजना अन्तर्गत सेनामा भर्ती हुने विरोधमा केही संगठनहरूले आह्वान गरेको बिहार बन्दको राज्यको सरकारी सम्पत्तिमा क्षति पुगेको छ। राज्यको सम्पत्तिमा क्षति पुर्याउने २५ जनाविरुद्ध एफआईआर दर्ता गरिएको छ।’
बिहार प्रहरीले शनिबारको हिंसापछि ७५० जनालाई पक्राउ गरेको हो।
प्रतिक्रिया