चार पटककी ग्राण्डस्लाम च्याम्पियन ओसाका मैदान बाहिर

काठमाडौं– चार पटककी ग्राण्डस्लाम च्याम्पियन नाओमी ओसाकाले विम्बल्डन टेनिस गुमाउने भएकी छिन्।

जापानी टेनिस स्टार ओसाकाले चोटका कारण विम्बल्डन गुमाउने भएकी हुन्। ओसाकाले फ्रेन्च ओपनपछि खेलेकी छैनन्। हालसालै उनले ट्रेडमिलमा रिह्याब गरिरहेको भिडियो पोस्ट गरेकी छन्।

२४ वर्षीया ओसाकाले विम्बल्डन खेल्नेबारे पहिलादेखि नै अनिश्चित थियो। तर, वरीयतामा अंक कम भएका कारण उनले विम्बल्डन खेल्ने अनुमान गरिएको थियो। 

ओसाकाको नाम गत हप्ता विम्बल्डनका लागि एकल प्रवेश सूचीमा थियो।, तर उनी कुनै पनि ग्रास कोर्ट इभेन्टमा देखा परेकी छैनन्।

रुसले युक्रेनमा आक्रमण गरेसँगै आयोजकहरुले रुसी र बेलारूसी खेलाडीलाई प्रतिबन्ध लगाएका छन्। यसका साथै एटीपी र डब्ल्यूटीएले विम्बल्डनबाट अंक खोसेको छ।

आफ्नो इन्स्टाग्राममा ओसाकाले भनेकी छन्,‘नकारात्मक अवस्थामा सकारात्मक खोज्ने प्रयास गरिरहेकी छु।’ ओसाकाले २०१८  र २०२० मा यूएस ओपन जितेकी थिइन्। यस्तै, २०१९ र २०२१ मा अस्ट्रेलियन ओपन जितेकी थिइन्।

तर, ओसाकाले विम्बल्डनमा तेस्रो चरणभन्दा माथिल्लो चरणमा स्थान बनाउन सकेकी छैनन्।

प्रतिक्रिया