काठमाडौं– एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपालले आज सोमबार बहराइनसँग खेल्दैछ।
खेल किनरारा ओभलमा नेपाली समयअनुसार बिहान सवा ८ बजे हुनेछ। आज नेपाल लगातार तेस्रो जितको खोजीमा हुनेछ।
नेपालले यसअघि पहिलो खेलमा भुटानलाई ५० र दोस्रो खेलमा कुवेतलाई २५ रनले हराएको थियो। समूह ‘बी’मा रहेको नेपाल शीर्ष स्थानमा रहेको छ।
नेपालले २ खेलमा ४ अंक जोडेको छ। बहराइनलाई हराएमा नेपाल एक खेल अगावै सेमिफाइनलमा पुग्नेछ।
बहराइन २ खेलमा १ अंक जोडेर चौथो स्थानमा रहेको छ। नेपालले अन्तिम खेलमा भोलि हङकङसँग खेल्नेछ।
प्रतिक्रिया