वासिङ्टन। अमेरिकामा फिलिपिन्सका सरकारी न्यायधीवक्ताको गोली हानी हत्या भएको छ। न्यायधीवक्ता जोन अल्बर्ट लायलो आफ्नो आमासँग फिलाडेल्फियाको अन्तर्राष्ट्रिय विमानस्थलतर्फ गइरहेकाके बेला शनिबार बिहान करिब ४ बजे १० मिनेटमा पेन्सिल्भेनिया विश्वविधालय अगाडि रातो बत्तिमा निजी क्याब रोकिएको थियो। यसैबेला पछाडिबाट आएको कालो गाडीबाट अज्ञात व्यक्तिले दनादन गोली हानेका थिए।
According to a police source, investigators believe that the shooter - in a cadillac — was targeting someone in a Nissan — but opened fire on the wrong Nissan…killing Uber passenger John Laylo, visiting Philly from the Philippines with his Mom @FOX29philly pic.twitter.com/wkBjeYvbMa
— jennifer joyce (@JenniJoyceTV) June 21, 2022
प्रहरीका अनुसार लायलोको टाउकोमा गोली लागेको थियो र उनलाई अस्पताल पनि पुर्याइयो। जहाँ चिकित्सकले उनलाई मृत घोषित गरेका थिए। प्रहरीले अहिलेसम्म कसैलाई पक्राउ गरेको छैन। हमलाको कारण के हो, त्यो पनि पत्ता लागेको छैन।
हमलाकारीले लायलो, उनको आमा र उबर चालकमध्ये कसलाई गोली हान्न खोजेका थिए, त्यो पनि पुष्टी भएको छैन।
फिलाडेल्फियाको ‘केवाइडब्ल्यु टिभी’ का अनुसार फिलिपिनको महावाणिज्य दूतावासले भनेको छ, ‘मृतक लायलो फिलिपिन सरकारको न्यायाधीवक्ता थिए। उबर चालक र आमाको विषयमा कुनै जानकारी दिइएको छैन।’
प्रतिक्रिया