भाजपा सम्मिलित गठबन्धन एनडीएबाट आदिवासी नेता मुर्मु राष्ट्रपतिकी उम्मेदवार

काठमाडौं– भारतीय जनता पार्टी (भाजपा) सम्मिलित राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)बाट द्रौपदी मुर्मु भारतीय राष्ट्रपतिकी उम्मेदवार बन्ने भएकी छ। गठबन्धनले ओडिशाकी आदिवासी नेता द्रौपदी मुर्मुलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो।

मुर्मुले आम विपक्षी उम्मेदवार यशवंत सिन्हासँग प्रतिस्पर्धा गर्नेछन्। प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा मंगलबार पार्टीको संसदीय बोर्ड बैठकमा मुर्मुको नाम पक्का गरिएको थियो। मुर्मु झारखण्डको पहिलो आदिवासी महिला गभर्नर हुन्।

बैठकपछि भाजपाका अध्यक्ष जेपी नड्डाले मुर्मुलाई राष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिए। पाँच वर्षअघि दलितलाई देशको सर्वोच्च पदमा पुर्‍याएपछि भाजपाले अहिले आदिवासी महिलालाई निर्वाचित गरेर महत्वपूर्ण राजनीतिक सन्देश दिएको छ।

मुर्मु देशको सबैभन्दा ठूलो जनजाति समुदाय र संस्थाहरूसँग सम्बन्धित छिन्। मतको गणित एनडीएको पक्षमा छ। मुर्मुले चुनाव जित्नु औपचारिकता मानिएको छ। 

ओडिशाको सत्तारुढ बिजु जनता दल (बीजेडी) ले उनलाई समर्थन गरेको घोषणा गरेको छ। केही अन्य दलहरूले पनि उनको समर्थन गर्न सक्छन्। त्यसअघि, संसद भवन एनेक्सीमा एनसीपी अध्यक्ष शरद पवारको नेतृत्वमा भएको बैठकमा पूर्वभाजपा नेता र अहिले तृणमूल कांग्रेसका उपाध्यक्ष सिन्हालाई विपक्षीहरूले संयुक्त उम्मेदवारको रूपमा छानेका थिए। 

बैठकमा कांग्रेससहित तृणमूल, एनसीपी, सीपीआई (एम), सीपीआई, एसपी, नेशनल कन्फ्रेन्स, एआईएमआईएम, आरजेडी र एआईयूडीएफ सहभागी थिए। टीआरएस, बीजद, आप, अकाली दल र वाईएसआरसीपी बैठकमा अनुपस्थित थिए।

हाल राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल आगामी जुलाई २४ मा सकिँदै छ। संवैधानिक व्यवस्था अनुसार कार्यकाल सकिनु अगावै नयाँ राष्ट्रपति चुन्नु पर्ने भएकाले भारतको चुनाव आयोगले आगामी १८ जुलाईमा राष्ट्रपतिको चुनाव गराउने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। २१ जुलाईमा नतिजा आउने छ।

पाँच वर्षअघि दलित समुदायका रामनाथलाई देशको सर्वोच्च पदमा पुर्‍याएपछि भाजपाले अहिले आदिवासी महिलालाई सो पदको उम्मेदवार बनाएर महत्त्वपूर्ण राजनीतिक सन्देश दिएको छ। मुर्मु देशको सबैभन्दा ठूलो जनजाति समुदाय र संस्थाहरूसँग सम्बन्धित छिन्। मतको गणित एनडीएको पक्षमा छ। मुर्मुले चुनाव जित्नु औपचारिकता मानिएको छ।

राष्ट्रपतिको उम्मेदवार बनाइएकी द्रौपदी मुर्मु ओडिशाको मयूरभन्ज जिल्ला निवासी हुन्। पहिले शिक्षक रहेकी उनी पछि राजनीतिमा लागेकी थिइन्।

दुई पटक झारखण्डको विधायक बनेकी मुर्मु सन् २०१५ देखि २०२१ सम्म झारखण्डको गभर्नर थिइन्। उनले एकपटक राज्यमन्त्रीका रूपमा पनि काम गरिसकेकी छन्।

प्रतिक्रिया