काठमाडौं। छिमेकी अफगानिस्तानमा बुधबार बिहान ६ दशमलव १ रेक्टरको भूईंचालो गएको छ। भूईंचालोमा २ सय ५० भन्दा बढीले ज्यान गुमाएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन्। अमेरिकाको जियोलोजिकल सर्वेका अनुसार भूईंचालोको केन्द्र विन्दु खोस्त शहरदेखि ४० किलोमिटर टाढा मापन गरिएको छ। हालसम्म १ सय ५० भन्दा बढी घाइते हुनसक्ने आशंका गरिएको छ।
प्रतिक्रिया