खुल्यो, आमिर खानको तेश्रो विवाहको रहष्य

 


काठमाडौं । बलिउड अभिनेता आमिर खानको तेश्रो विवाहको खबर उफानमा छ । सामाजिक संजालमा जंगलमा आगो झैं फैलिएको यो खबर अन्ततः झूठो साबित भएको छ । 


केही समयपहिले आमिर खानले पत्नी किरण रावसंग सम्बन्ध विच्छेद (तलाक) गरेका थिए । त्यसबेला दुबैले संयुक्त विज्ञप्ति जारी गर्दै आफुहरु अब पती पत्नी नभएको बताएका थिए । यसलगत्तै आमिरको नाम अभिनेत्री फातिमा सना सेखसंग जोडियो र उनको तेश्रो विवाहको हल्ला चल्यो । 


कहांसम्म भने आमिरले सन् २०२२, अप्रिलमा विवाह गर्न लागेको खबर मिडियामा भाइरल भयो, तर अब यो खबर असत्य ठहरिएको छ । आमिर खानले अप्रिलमा ‘लालसिंह चढ्डा’ चलचित्रको प्रदर्शन लगत्तै तेश्रो विवाह गर्ने जुन होहल्ला थियो, त्यसलाई आमिरका नजिकका व्यक्तिहरुले गलत बताएका छन् । 

aamir-khan-fatima-sana-shaikh-kiran-rao

आमिर खानको पहिलो विवाह रीना दत्तासँग भएको थियो । तर सन् २००२ मा दुबैको डिभोर्स भयो । यसपछि आमिरले किरण रावसँग विवाह गरे, तर यो जोडी पनि धेरै टिकेन । किरणसँग तलाक लिएपछि नै आमिरको नाम फातिमा सना शेखसँग जोडिन थाल्यो । फातिमाले आमिरसँग चलचित्र ‘दंगल’ र ‘ठग्स अफ हिन्दुस्तान’मा खेलेकी छिन् । उनीहरुमो अफेयर चलीरहेको हल्ला व्यापक चल्यो । यद्यपी, फातिमाले एक भिडियो अन्तर्वार्तामा यो हल्लाको खण्डन गरीन् । 


 

प्रतिक्रिया